शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

योसँगै नेपालको कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । आज २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको नमूना परीक्षण भएको उनले जनाकारी दिएका छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आजमात्रै कोरोना निको भएर थप २८५ जना डिस्चार्ज भएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ११ हजार ५३४ पुगेको छ । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया