शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण बैदेशिक रोजगारीबाट प्राप्त आय ‘रेमिट्यान्स’ रकममा गिरावट आएको छ । नेपाल राष्ट्र बैकका अनुसार आर्थिक बर्ष २०७६-०७७ मा रेमिट्यान्स रकममा तीन प्रतिशत गिरावट आएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी ११ महिनाको प्रतिवेदन अनुसार यस अवधिमा कुल सात खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स रकम भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स रकम १७ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स  रेमिटेन्स दसमलव एक प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्स रकम आठ दसमलव एक प्रतिसतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२ दशमलव चार प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५ दशमलव सात प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१ दसमलव एम प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या पाँच दसमलव चार प्रतिशतले बढेको थियो ।

तपाईको प्रतिक्रिया