शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – टोखाबाट एक व्यक्ति अपहरणमा परेका छन् । लेनदेनसम्बन्धी विवादका कारण टोखाका रामबाबु शाहलाई एउटा समूहले नियन्त्रणमा लिएर लोकन्थलीस्थित एक घरमा बन्धक बनाएको हो ।

बन्धक बनाएर २५ लाख रुपैयाँको चेक मागिएकोे जनाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार अहिले शाहको उद्दार भइसकेको छ ।

थापाले भने, ‘छोराले अपहरण भएको भनेर फोन गरेपछि खोजीमा खटिएका थियौं, अहिले सात जनालाई पक्राउ गरेका छौं ।’ पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन । अब सोधपुछ थालेपछि मात्र विस्तृतमा बताउन सकिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया