आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६८७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २५ हजार ६०२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । भारतमा कुल संक्रमित १० लाख ३ हजार ८३२ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । सरकारी तथ्याङ्कले अहिलेसम्म भारतमा २५,००० भन्दा बढी मानिसको मृत्यु भएको र ६,००,००० जना निको भएको देखाउँछ । त्यहाँ कोभिड-१९ सँग सम्बन्धित मृत्युदर पनि कम छ ।

तपाईको प्रतिक्रिया