Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – गोदावरी फूल विश्वभरि सजावट र पुष्पविन्यासका लागि प्रख्यात छ । घर घर मै सजिलै फुलाउन सकिने यो फूलको सजावट करिब एक हप्तासम्म ताजा रहन्छ  ।

चीनको रैथाने फूल अहिले सारा संसारमा फैलिएको मानिन्छ तर यसलाई जापानीहरुले प्रसिद्दि दिलाएका हुन् । यो फूललाई चिनियाँहरूले औषधीका रूपमा प्रयोग गर्न खेती गरेका थिए र १७ औं शताब्दीतिर युरोपमा यो फूलको व्यावसायिक खेती सुरु भएको थियो ।

नेपालमा भने सन १९०५ मा जापानमा अध्ययन गर्न आएका पहिलो नेपाली युवाहरु अध्ययन पूरा गरी नेपाल फर्कदा गोदावरी फूलका बिउ नेपालमा  भित्र्याएको मनिन्छ । त्यस अघि नेपालमा यो फूल पैइदैन थियो  ।  नेपालमा यो फूल ‘गुलदाउदि’ नामले प्रसिद्ध छ  ।

जापानको राष्ट्रिय फूल “गोदावरी”को अँग्रेजी नाम Chrysanthemum हो । गोदावरी फूललाई जापानमा सर्वोच्चताको प्रतीक नै मानिन्छ । जापानी राज सिंहासनको नाम नै “Chrysanthemum Throne” हो र सरकारी छाप “Chrysanthemum seal” हो भने सर्वोच्च पदक यसको नाममा रहेको छ ।

तपाईको प्रतिक्रिया