Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – सन् १८९९ तिर बौद्ध धर्म अध्ययनका लागि तिब्बत जाने क्रममा जापानबाट नेपाल आएका भिक्षु इकाइ कावागुची नेपाल भ्रमणमा आउने पहिलो र उच्च तहका व्यक्तित्व मानिन्छन् ।

यसपछि उनी सन् १९०० ताका पैदल यात्रा गर्दै मुस्ताङको मार्फा गाउँ पुगेका थिए ।

यद्यपि सन् १९५६ मा मात्र नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । जसको लगत्तै १९६८ मा टोकियोमा नेपालको राजदूतावास स्थापना गरिएको थियो । त्यसपछि मात्रै सामान्य जापानी नागरिक पनि पर्यटनका लागि नेपाल आउन सुरु गरेको मानिन्छ ।

बौद्ध भिक्षु इकाइ कावागुची नेपाल भ्रमण गर्ने प्रथम जापानी नागरिक हुन। कावागुची जापानको ओसाकाको साकाइ सहरमा जन्मिएका थिए । उनले बिभिन्न अवसरमा चारपटक (१८९९, १९०३, १९०५ र १९१३)मा नेपालको भ्रमण गरेका थिए। भ्रमणको मुख्य उद्धेश्य तिब्बती बौद्ध धर्मको अध्ययन र अनुसन्धान गर्नु रहेको थियो। उनले आफ्नो नेपाल बसाईको अधिकांश समय बिभिन्न धार्मिक स्थलहरुको पहिचान एवं धर्मग्रन्थहरुको संकलनमा बिताएका थिए ।

नेपाल बसाइका क्रममा कावागुचीले बिभिन्न अवसरहरुमा नेपालका प्रधानमंन्त्रीसँग भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा उनीहरुबीच एक आपसमा पारीचित हुने अवसर पनि मिल्यो। त्यस्तै आपसी सदभावका फलस्वरुप सन १९०५ मा कावागुचीले नेपालका प्रधानमंन्त्रीलाई ७५ पन्ना लामो पत्र लेखेका थिए जसमा नेपालको तत्कालिन अवस्थाबरे आफ्ना अनुभूतिहरु उल्लेख गरेका थिए। उक्त पत्रमा नेपालको शिक्षा, प्रशासनिक सुधार, ब्यबसायिक शिक्षा, उध्योग तथा बैंकको स्थापना, खनिज सम्पदाको उत्खनन तथा आर्थिक सामाजिक पूर्वाधारको बिकास जस्ता देश बिकासका लागि महत्वपूर्ण सुझाव दिनुका साथै उक्त सुझाव कार्यन्वयनमा जापानी सहायताको सम्भावना पनि उठाइएका थिए।

नेपालमा उनको भ्रमणको शतवार्षिकी मनाउने क्रममा सन २००२ मा कावागुचीको तस्बीर अङ्कित हुलाक टिकट पनि प्रकाशन गरिएको थियो जसले नेपाल एवं जापानबीच स्थापित गहिरो सद्भावनाको प्रतिबिम्बित गर्दछ।

नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिकहरुमा राष्ट्रियताको भावना, सामुहिक मेलमिलाप, इमान्दारिता, कामप्रति जिम्मेबार जस्ता उल्लेख्य गुणहरु धेरैका लागि अनुकरणीय छन् ।

सन् १९०२ मा पहिलो पटक आठ जना विद्यार्थीहरुको आवागमनबाट सुरु भएको जापान अध्ययनको यो सिलसिला अहिले संख्यात्मकरुपमा धेरै परिवर्तन आएको छ । अहिले वर्षेनि झण्डै ५ हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु जापान जाने गरेका छन् । यसरी अध्ययन, भ्रमण, धर्म संस्कृति हुँदै फस्टाएको छ ।

मार्फास्थित इकाई कावागुची निवास। तस्बिर : सुन्दरकुमार थकाली

 

 

तपाईको प्रतिक्रिया