Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – स्काइट्रयाक्सको विश्वका उत्कृष्ट १० एयरपोर्टको सूचीमा जापानका चारवटा एयरपोर्ट रहेका छन् । २०१९ /२० को सर्भे अवधिमा विश्वभरका विमान यात्रुहरुको सर्भेक्षण गरी यो सूची तयार पारिएको हो।

प्यासेन्जर च्वाइस अवार्ड नामले पनि चिनिने यो अवार्डलाई विमानस्थल उद्योगमा एउटा प्रतिष्ठित अवार्डका रुपमा पनि लिइन्छ।

यो वर्ष सिंगापुरको चाङ्गी एयरपोर्ट विश्वको नम्बर वन भएको छ भने हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट विश्वको सबैभन्दा सफा एयरपोर्ट २०२० को सूचीमा नम्बर वनमा रहेको छ ।

यस्तो छ विश्वका उत्कृष्ट टप टेन एयरपोर्टको सूची:

१) सिंगापुर चाङ्गी (सिंगापुर)
२) हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट (टोकियो, जापान)
३) हमाद इन्टरन्यासनल एयरपोर्ट (दोहा, कतार)
४) इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट (सोउल, दक्षिण कोरिया)
५) म्युनिख अन्तर्राष्ट्रिय एयरपोर्ट (जर्मनी)
६) हङकङ इन्टरन्यासनल एयरपोर्ट (हङकङ)
७) नारिता एयरपोर्ट (टोकियो, जापान)
८) सेन्ट्रेयर नागोया (नागोया, जापान)
९) एम्स्टर्डम एयरपोर्ट शिपोल (नेदरल्याण्ड्स)
१०) कान्साई अन्तर्राष्ट्रिय एयरपोर्ट (ओसाका, जापान)

तपाईको प्रतिक्रिया