काठमाडौं – छिमेकी मुलुक भारतको मुम्बईमा पछिल्लो समय कोरोनाभाइरसको खतरा बढिरहेको छ । अमिताभ बच्चन र अनुपम खेरपछि अभिनेत्री सारा अलि खानको घरमा समेत कोरोना आइपुगेको हो ।
साराले हालै यसबारे खुलासा गरेको अमर उजालाले उल्लेख गरेको छ । समाचार अनुसार साराले आफ्ना ड्राइभरमा कोरोना पोजेटिभ देखिएको बताएकी छिन् । साराले सोमबार राति इन्स्टाग्राममा यस कुराको जानकारी दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘म तपाईँहरूलाई यो जानकारी गराउन चाहन्छु कि, हाम्रा ड्राइभरको कोरोना पोजेटिभ आएको छ । रिपोर्ट आउनेबित्तिकै बिएमबीलाई सूचना दिएर ड्राइभरलाई क्वारेन्टिनमा पठाएका छौं ।’
https://www.instagram.com/p/CCl6OJoJDMh/?utm_source=ig_embed
यद्यपि, घरमा कोरोना आए पनि टेस्ट गर्दा आफ्ना परिवारका सबै सदस्यको नेगेटिभ देखिएको उनले बताएकी छिन् ।