काठमाडौँ – पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।
सोमबार ५ हजार ८ सय ५६ जनाको कोरोनाको परीक्षण भएको छ। प्रवक्ता गौतमका अनुसार हाल २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १७०५ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३८ जना भएको छ ।