Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – जापानमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । शनिबार एकैदिन विभिन्न ठाउँमा गरी ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार टोकियोमा २०६, साइतामामा ३५, खानागावामा ३५, ओसाकामा २८, चिवामा १३, फुकुओकामा ९, क्योटोमा ९, नारामा ७, ह्योगोमा ५, खागोसिमा ५, वाकायामामा ४, मियागी ४, हिरोसिमामा ३, आइचीमा २, नागासाकीमा २, ओकिनावामा २, आओमोरीमा १, निगातामा १, मिएमा १, होक्काइदोमा १ र एयरपोर्ट क्वारेन्टाइनमा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

टोकियोमा लगातार दुई सय बढी संक्रमित भेटिएको शनिबार तेस्रो दिन हो । सामुदायिक संक्रमण अन्तर्गत टोकियोको बुन्क्यो वडास्थित एक प्राथमिक विद्यालय हिजो एक शिक्षक र १८ विद्यार्थी गरेर १९ जनामा संक्रमण पुष्टि भएको छ । उक्त स्कूलमा सुरुमा एक शिक्षक र दुई विद्यार्थीमा भाइरस संक्रमण देखिएपछि ६५ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित पुष्टि भएको हो ।

यसका साथै टोकियोकै एक वडाको प्राथमिक विद्यालयको एक बालकमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै हिजो नै चिवा र कावासाकिका प्राथमिक स्कूलका एक–एक विद्यार्थीमा भाइरस देखिएको छ ।

सुरुवाती दिनदेखि नै भाइरसको केन्द्रबिन्दु बन्दै आइरहेको टोकियोमा हिजो संक्रमित हुनेहरुमा ४८ जना विभिन्न नाईट क्लवमा सम्बन्धित व्यक्तिहरु रहेका छन् भने संक्रमित मध्ये ४२ जना शिन्जुकुका हुन् । यसैबीच हिजो खानागावामा एक संक्रमितको मृत्यु भएको छ ।


जापानमा अहिलेसम्म संक्रमितहरुको संख्या २२ हजार २९६ (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) पुगेको छ भने संक्रमितहरु मध्ये ९९६ (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) जनाले ज्यान गुमाएका छन् । जापानमा अहिलेसम्म १८ हजार ५०७ संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया