Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – सामान्यतया अङ्गुर भन्नाले एक किसिमको फल हो l जसको मूल्य कमै पर्दछ l तर जापानमा लिलामीको क्रममा एक होटल कम्पनीले एक झुप्पो अङ्गुर ११ हजार डलर (करिब १२ लाख रुपैयाँ) मा खरिद गरेका थिए ।

रुबी रोमन नामको यो अङ्गुर १२ लाख रुपैयाँ बराबरको मूल्यमा खरिद भइ अहिलेसम्म कै महँगो अङ्गुर भनेर रेकर्ड राखेको छ ।

एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा झुप्पोमा झण्डै २४ अंगूरको रंग हरियो वा कालो नभई पूर्णरुपमा रातो हुन्छ ।

धनीको फल भनेर पनि चिनिने यो अंगूर जापानको इशिकावा प्रान्तको सरकारी निकायले विकास गरेको हो । खानमा निकै स्वादिलो यो रातो अंगुर जापानमा लग्जरी फलको श्रेणीमा पर्दछ ।

 

तपाईको प्रतिक्रिया