टोकियो – विश्वभरी सबैभन्दा बढी माग भएका व्हिस्कीका ब्राण्डको सूची फोव्र्सले २५ वटा ब्राण्ड तयार पारेको छ । फोब्र्सले तयार पारको २५ वटा सूचीमा १३ वटा ब्राण्ड भारतमा उत्पादन हुने व्ह्स्किी रहेको उल्लेख गरेको छन ।
विश्वभरी सबैभन्दा बढी विक्रि हुने पहिलो नम्बरमको ब्रान्डमा म्याकडोवेल्स परेको छ । यदि सेल १००० लेखिएको छ भने यसको मतलब कम्पनीले १० लाख केस बेचेको मानिन्छ । म्याकडोवेल्ले २०१९ मा ३०,७०० केस अर्थात ३०७० करोड केस बेचे छ । यो युनाइटेड बेवरेजले उत्पादन गर्छ ।
दोस्रो नम्बर अफिसर्स च्वाइस परेको छ । यसले पनि वार्षिक ३ हजार ६०० केश बेच्न गरेको फोव्र्सले सार्वजनि गरेको सूचीमा रहेको छ । यो एलाइड व्लेडर्स एण्ड डिस्ट्रिलरीजले उत्पादन गर्छ । तेस्रो नम्बर ईम्पीरियल ब्लू रहेको छ । यसको २६,६०० केसहरू बिक्री भए ।
चौथो नम्बरमा रोयल स्ट्याग रहेको छ । २२ हजार केस वार्षिक रुपमा बेच्ने गरेको छ । चौथो नम्बरमा स्कटिश कम्पनी डियाजियोका जोनी वाकर छ । म्याकडोवेलले वार्षिक १८,४०० केस बेच्छ ।
छैटौं नम्बरमा अमेरिकाको ज्याकक डेनियल्स छ । यो ब्राउन फोरम्यान कम्पनीले बनाएको हो । यसको १३,४०० केसहरू बिक्री भएका छन । सातौं नम्बरमा भारतीय कम्पनी जोन डिस्ट्रिलरीको ओरिजिनल च्वाइस परेको छ । यसको १२,७०० केसहरू बिक्री गर्ने गरेको छ ।
आठौं नम्बरमा अमेरिकी कम्पनी बीम सन्टोरीको जिम बीम हो । यसले १०,४०० केस बेचेका छन् । नवौं नम्बर यूनाइटेड स्पिरिट्सको हेवर्ड्स फाइन रहेको छ । यसको ९६०० केसहरू बिक्री गर्ने गरेको छ ।
भारतीय कम्पनी रैडिको खेतानको १० औं नम्बरमा परेको छ । खैतानको ८ पीएम नामको उक्त व्हिस्की ८५०० केश विक्ने गरेको छ । ११ नम्बरमा आयरल्याण्डको उत्पादन जैमसन हो । यो वार्षिक रुपमा ८१०० केश विक्रि हुने गरेको छ ।
नम्बर १२ मा क्यानाडाको क्राउन रोयल छ । यो डियेजियो कम्पनीको उत्पादन हो । यो वार्षिक रुपमा ७९०० केसहरू बिक्री हुने गरेको फोब्र्सको रिपोर्टमा उल्लेख छ । १३ औं नम्बरमा स्कटल्याण्ड ब्यालेन्टिनेस रहेको छ । यो ७७०० केश विक्रि हुन्छ ।
१४ औं भारतीय ब्रान्ड ब्लेन्डर प्राईड रहेको छ । यो पनि ७७०० केश वार्षिक विक्रि हुने गरेको छ । १५ नम्बरमा पनि भारतीय ब्राण्ड नै परेको छ । यसले वार्षिक रुपमा ६१०० केश विक्ने गरेका छन् ।
१६ नम्बरमा भारतीय ब्रान्ड रोयल च्यालेन्ज छ । युनाइटेड स्पिरिट्ले उत्पादन गर्छ । यो पनि ५५०० केसहरू बिक्री हुने गरेको छ । १७ औं नम्बरमा बढी विक्रि हुने व्हिस्कीमा ओल्ड टैवर्न परेको छ । जुन वार्षिक रुपमा ५३०० केश विक्रि हुने गरेको छ ।
१८ औं नम्बरमा बढी विक्री हुने व्हिस्कीमा जापानको सनटोरी काकुबिन रहेको छ । जुन वार्षिक रुपमा ५२०० केश विक्रि हुन्छ । नम्बर १९ मा स्कटल्याण्डको सिभास रीगल छ । यो पनि ४४०० केश वार्षिक रुपमा बिक्री हुने गरेको छ ।
२० औं स्थानमा भारतीय ब्राण्ड बैंगलोरको माल्ट व्हिस्की छ । यो जोन डिस्ट्रिलरी बनाउँछ । यसले पनि वार्षिक रुपमा ४२०० केसहरू बिक्री गर्ने गरेको छ । स्कटल्याण्डको अर्को ब्रान्ड २१ नम्बरमा छ । ग्रान्ट्स नामको उक्त ब्राण्ड ४२०० केश वार्षिक विक्री हुने गरेको छ ।
२२ नम्बरमा भारतीय ब्राण्ड डाइरेक्टर स्पेशल परेको छ । यो पनि युनाइटेड स्पिरिटेसले नै उत्पादन गर्ने गरेको छ । यो पनि ४३२०० केश विक्री गर्ने हुने गरेको छ । २३ औं नम्बरमा जापानको व्ल्याक निक्की रहेको छ । ३४०० केश वार्षिक रुपमा विक्रि गर्ने गरेको छ ।
२४ नम्बरमा स्कटल्याण्डका विलियम लायन्स हो । यसले पनि ३००० केश वार्षिक रुपमा विक्री गर्ने गरेको छ ।