बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काभ्रे – काभ्रेको धुलिखेलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दाजुभाइको ज्यान गएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका-२ रविओपी बस्ने मोटरसाइकलमा सवार वेदप्रसाद कोइराला र गोवर्धन कोइराला रहेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार मृतक दुवै जना दाजुभाइ हुन् ।

एसपी पौडेलले भने, ‘पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले आज सोही दिशातर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।

घाइते दाजुभाइलाई उद्धार गरी शीरमेमारियल अस्पताल लगिएको भएपनि उनीहरुको उपचारको क्रममा मृत्यु भएको छ ।’ ठक्कर दिने टिपर चालक भने टिपर छाडेर भागेको र उनको खोजीकार्य भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया