आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा आपतकालीन घोषणाको अन्त्य पश्चात संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ  ।

पछिल्ला केही दिनमा टोकियोका साथै खानागावा, साइतामामा पनि संक्रमितहरु बढेको देखिएको छ ।

मंगलबार जापानभरमा १३८ जना नयाँ संक्रमितहरु भेटिएका छन् भने निधन हुने संक्रमितको संख्या शुन्य रहेको छ ।

हिजो टोकियोमा ५४ जना, खानागावामा ३१ जना, होक्काइदोमा १३ जना, साइतामामा १० जनाचिवामा ७ जना, ओसाकामा ५ जना, फुकुओकामा ४ जना, ह्योगोमा १ जना, तोचिगीमा ३ जना, क्योटोमा २ जना, गुन्मामा १ जना, आइचीमा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा ६ जनामा संक्रमण देखिएको छ ।

जापानमा मंगलबार १३८ जना थपिए‌संगै कोरोना संक्रमितहरुको संख्या १९ हजार ४८१ पुगेको छ भने संक्रमितहरु मध्ये ९८५ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालय अनुसार जापानमा अहिलेसम्म १७ हजार २८९ जना निको भई घर फर्कन सफल भएका छन् ।

संक्रमण बढेसँगै जापानले परीक्षण पनि बढाएको छ ।

तपाईको प्रतिक्रिया