आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको दुई वटा समाचार संस्था क्योदो न्यूज र टोकियो एमएक्स टेलिभिजन मार्फत भएको एक सर्वेक्षणले जापानको टोकियोका आधा भन्दा बढी मानिसहरु सन् २०२० मा स्थगित भएको ओलम्पिक अर्को वर्ष २०२१ मै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको देखाएको छ ।

सोमबार प्रकाशित सर्वेक्षणमा टोकियोका कैयौँ व्यक्तिले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै ओलम्पिकको मिति सारिनुपर्ने वा पूर्ण रद्द नै गरिनुपर्ने बताएका थिए ।

सो सर्वेक्षणमा ५१ दशमलव ७ प्रतिशत व्यक्तिले ओलम्पिकको मिति अघि बढाउनुपर्ने वा रद्द गरिनुपर्ने बताएका थिए, ४६ दशमलव ३ प्रतिशत व्यक्तिले भने ओलम्पिक निर्धारित समयमै हुनुपर्ने बताएका थिए ।

त्यस्तै जापानका स्वास्थ्य विशेषज्ञहरुले ओलम्पिक एक वर्षअघि सारिए पनि सुरक्षित रुपमा खेलाउन कठिन हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया