आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – विश्वभर फैलिएको कोरोनाभाइरसले जापानमा अहिलेसम्म १९  हजार ३४३  जनामा संक्रमण गरेको छ भने ९८५ जनाको (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) ज्यान लिएको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालय अनुसार जापानमा अहिलेसम्म १७ हजार २१५ जना निको भई घर फर्कन सफल भएका छन् ।

हिजो सोमबार टोकियोमा ५८, होक्काइदोमा ११ जना, साइतामामा १३ जना, ओसाकामा ७ जना, खानागावामा ६ जना, क्योटोमा ४ जना, चिवा ४ जना, तोचिगीमा २ जना, शिज़ुओकामा १ जना, आइचीमा १ जना,  इबाराकीमा १ जना, फुकुओकामा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा १ जना गरी जापानभरमा ११० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

पछिल्लो केही दिनयता जापानमा कोरोना भाइरसका संक्रमितहरु बढ्दो क्रममा छन् । पछिल्लो तीन दिनमा दोस्रोपटक जापानमा एक सयभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

तपाईको प्रतिक्रिया