आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानी युवराज फुमिहितो र युवराज्ञी किकोले हिजो सोमबार बैबाहिक जीवनको ३० औं वर्षगाँठ मनाएका छन् । कोभिड-१९ महामारीका बीच उनीहरुले धेरै तामझाम नगरीकन बैबाहिक जीवनको ३० औं वर्षगाँठ मनाएको राजदरबार स्रोतले जनाएको छ ।
हालका जापानी सम्राट नारुहितोका सहोदर भाइ ५४ वर्षिय युवराज फुमिहितोलाई गत अप्रिल १९ मा एक औपचारिक समारोहकाबीच शाही उत्तराधिकारी घोषणा गर्ने कार्यक्रम थियो तर कोभिड-१९ को महामारीका कारण सो समारोह स्थगित भएको छ ।

युवराज दम्पतीको सन् १९९० जुन २९ तारिखका दिन बिबाह भएको थियो । उहाँहरुबीच गाकुशुयन युनिभर्सिटीमा पहिलो भेट भएको थियो । उहाँहरुका २ छोरी र १ छोरा गरी ३ सन्तान छन् । जेठी छोरी राजकुमारी माको १९९१ मा, राजकुमारी खाको १९९४ मा र युवराज हिशाहितोको सन् २००६ मा जन्म भएको थियो ।

२८ वर्षिय राजकुमारी माकोले सन् २०१७ मै युनिभर्सिटीका सहपाठी २८ वर्षिय प्रेमिका केइ कोमुरोसंग बिबाह गर्ने घोषणा गरेकी थिईन् । सन् २०१८ को नोवेम्वर ४ मा बिबाहको तिथि पनि तय भईसकेको अवस्थामा प्रेमिका कोमुरोकी आमा आर्थिक अपचलनको विवादमा मुछिएको चर्चासंगै उक्त बिषय स्थगन भएको थियो । जापानको शाही परिवारका सदस्यले अन्य सर्बसाधारणसंग बैबाहिक सम्बन्ध कायम गरेमा शाही परिवारको सदस्यको हैसियत त्याग्नुपर्ने प्रावधान छ ।

यसैगरी २५ वर्षिय अर्की राजकुमारी खाकोले इन्टरनेशनल क्रिष्चियन युनिभर्सिटीबाट गत वर्षको मार्चमा ग्य्रायजुयशन गरी राजदरबारमै सेवारत छिन् भने १३ वर्षिय राजकुमार हिशाहितो जो शाही उत्तराधिकारीको आफ्नो बाबुपछिको दोस्रो रोलक्रममा छन् उनी ओचानोमिजुस्थित युनिभर्सिटी जुनियर हाइस्कुलको दोस्रो वर्षमा अध्ययनरत छन् । जापानको शाही परिवारमा राजकुमार हिशाहितो उनको पुस्ताका एक मात्र शाही उत्तराधिकारी हुन् । जापानी राजसंस्थामा पुरुष मात्र शाही उत्तराधिकारी हुन सक्ने प्रावधान रहेकै कारण ६० वर्षिय हालका सम्राट नारुहितोका एक मात्र १८ वर्षिय छोरी राजकुमारी आइको शाही उत्तराधिकारी हुन बाट वञ्चित भएकी थिईन् । तसर्थ सम्राट नारुहितोका भाइ युवराज फुमिहितो शाही उत्तराधिकारीकारुपमा पहिलो रोलक्रममा रहेका हुन् ।

यद्यपि विधिवतरुपमा युवराज घोषणा गर्ने तय गरिएको औपचारिक समारोह स्थगित हुन पुगेपछि युवराज दम्पती सार्बजनिक कार्यक्रमहरुमा निस्कन छोडेको र राजदरबारमै समय बिताउने गरेको बताईन्छ ।***

तपाईको प्रतिक्रिया