आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो  – चीनसँग तनावपूर्ण सम्बन्ध बनेका बेला भारतले जापानसँग संयुक्त सैन्य अभ्यास गर्न थालेको छ । भारतीय नौसेना र जापानी नौसेनाले हिन्द महासागरमा युद्धाभ्यासगरेका हुन् । चीनको साथ दुवै देशको सम्बन्ध तनावपूर्ण रहेको छ। लद्दाख र भारतको बीच तनाव यतिबेला उच्च बिन्दुमा छ भने, जापानसँग पनि पूर्वी चीन सागरमा रहेका टापुहरूलाई लिएर विवादमा छ। यसैबीच, हिन्द महासागरमा चीनको बढ्दो खतरालाई रोक्न भारत र जापानी नौसेनाले संयुक्त युद्धाभ्यास गरेका छन्।

जापानी नौसेनाले ट्वीट गर्दै जुन २७मा जापान मैरिटाइम सेल्फ डिफेन्स फोर्सका जेएस काशिमा र जेएस शिमयुकीले भारतीय महासागरमा आईएनएस राणा र आईएनएस कुलिशसँग मिलेर अभ्यास गरेको जनाएको छ भने अभ्यासमा जापान समुद्री सेल्फ डिफेन्स फोर्सले भारतीय नौसेनासँग समझदारी र सहयोगको भावना अगाडि बढाएको जानकारी दिएको छ।

भारतीय संचार माध्यमकाअनुसार दक्षिणी जापानको ओकिनावा टापु नजिक चिनियाँ पनडुब्बी फेला पारेको र जसलाई पेट्रोलिङ विमानको सहयोगमा चिनियाँ पनडुब्बीाहरूलाई पानीबाट बाहिर निकालेको थियो। सन् २०१८मा पनि जापानले आफ्नो जल सीमामा एक चिनियाँ पनडुब्बी फेला परेको थियो।

चीन र जापानबीच पूर्वी चीन सागरमा टापु को विवाद छ। दुबै देशहरूले यी निर्जन टापुहरूमाथि दावी गरेका छन्। उक्त टापु जापान मा सेन्काकू र चीन मा डायोस भनेर चिनिन्छन्। यी टापुहरूको सन् १९७२ देखि जापानको प्रशासन भित्र रहेको छ भने चीनले यो टापुहरू चीनको अधीनमा आउने र जापानलाई आफ्नो दावी त्याग्नु पर्ने भनेको छ। चीनको कम्युनिष्ट पार्टीले यसलाई कब्जा गर्न सैन्य कारबाहीको धम्कीसमेत दिएको छ।

तपाईको प्रतिक्रिया