शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानभरमा मंगलबार ५७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । मंगलबार नै ४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

यो संगै जापानभरमा संक्रमितहरुको संख्या १८ हजार ३४ जना पुगेको छ । योकोहामा पोर्टमा क्वारेन्टायन गरि राखिएको डाइमण्ड प्रिन्सेस नामक क्रुज जहाजका संक्रमितहरुको संख्या समेत जोड्दा कुल संक्रमितहरुको संख्या १८ हजार ७ सय ४६ जना हुन आउँछ ।

क्रुज जहाजका मृतकहरु सहित जापानभरमा मृत्यु हुनेको संख्या ९ सय ७८ जना पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भेटिएको टोकियोमा ५ हजार ८ सय ४० संक्रमितहरु छन् भने ओसाकामा १ हजार ८ सय ९ जना संक्रमितहरु छन् । त्यस्तै खानागावामा १ हजार ४ सय ३२ जना संक्रमितहरु पुगेका छन् भने होक्काइदो तथा साइतामामा क्रमशः १ हजार २ सय र १ हजार ५१ जना संक्रमितहरु भेटिएका छन् ।

अधिकारीहरुले २ सय ८६ जना एयरपोर्ट क्वारेन्टायनमा भेटिएका संक्रमितहरु रहेको जनाएका छन् भने १ सय ७३ जना सरकारी कर्मचारीहरु तथा चीनबाट चार्टर गरि ल्याइएका संक्रमितहरु हुन ।

हाल उपचारको क्रममा रहेका संक्रमितहरुमध्ये ६३ जनाको अवस्था गम्भीर छ । यसमा डाइमण्ड प्रिन्सेस जहाजका एकजना समेत छन् ।

हालसम्म १६ हजार ८ सय ७० जनाले उपचारपश्चात स्वास्थ्यलाभ लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया