शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो  –  जापान र चीनबीच टापुको सीमा विवाद पुन बल्झिएको छ ।

टोकियोबाट दक्षिण पश्चिममा एक हजार नौ सय ३१ किलोमिटर क्षेत्रफल रहेको उक्त टापुको विवाद सन् १९७२ बाट बढ्दै गएको हो । सो टापु जापानमा सेन्काकु र चीनमा डायाओयु भनेर चिनिने गरेको छ  ।

जापानको ओकिनावा प्रान्तको इशिगा नगरपरिषदले विवादित टापुको प्रशासनिक स्थिति परिवर्तन गर्ने कानूनलाई अनुमोदन गरेसँगै दुवै देश विवादमा तानिएका हुन् । उक्त टापुसमूहमा दुवै देशको दाबी छ ।

अघिल्लो साता जापानका तटरक्षकहरूले चिनियाँ सरकारी जहाजहरू अप्रिल महिनाको मध्यदेखि दिनदिनै उक्त टापुमा देखिन थालेको बताएका छन् ।

चीनले सयौं वर्ष पूरानो उक्त टापु आफ्नो क्षेत्रमा रहेको दावी गरेपनि जापानले चीनको दावी गलत भएको भन्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया