बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमा सोमबार दिनभरिमा ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानभरिमै सबैभन्दा धेरै संक्रमितहरु रहेको टोकियोमा हिजो थप २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५ हजार ८ सय १२ जना पुगेको छ ।

टोकियोमा हालसम्म ५ हजार १ सय ४८ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२१ जनाको मृत्यु भइसकेको छ ।

मंगलबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १७ हजार ९ सय ८२ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरि राखिएको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १८ हजार ६ सय ९४ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार १ सय ३३ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

जापानमा अहिलेसम्म कोरोना भाइरसका कारणले ९ सय ५६ जनाको मृत्यु भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित मृतकहरुको संख्या ९ सय ६९ जना पुगेको छ । ***

तपाईको प्रतिक्रिया