शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानमा अहिले संक्रमितहरु भेटिने क्रम जारी रहेता पनि कोरोनाबाट हुने मृत्युदर भने उल्लेखनिय मात्रामा घटेको छ ।

आइतबार जापानभरमा ५६ जना नयाँ संक्रमितहरु भेटिएका छन् भने जापानभरमा होक्काइदोको एक जना संक्रमितको निधन भएको छ ।

हिजो टोकियोमा ३५, ओसाकामा ३ जना,  साइतामामा ७ जना, होक्काइदोमा २ जना, ह्योगोमा २ जना र एयरपोर्ट क्वारेन्टाइनमा ७ जनामा संक्रमण देखिएको छ ।

यसरी जापानमा आइतबार ५६ जना थपिए‌सँगै कोरोना संक्रमितहरुको संख्या १८ हजार ६४९ पुगेको छ  भने संक्रमितहरु मध्ये ९६८ जनाले ज्यान गुमाएका छन् ।

जापानमा अहिले संक्रमित संगै निको भएर घर फर्किनेहरुको संख्या पनि बढेको छ ।

तपाईको प्रतिक्रिया