टोकियो – विश्वमा धेरै थरीका फलफुलहरु छन् । स्वास्थ्यको लागि फाइदाजनक मानिने फलफुलहरु हामिले किनेर खाने गर्छौ । तर कुनै फुलफुल यस्ता हुन्छन् जुन किनेर खान पनि सकिदैन ।
जापानमा दुई गेडा खरबुजाले दुनियाँकै महंगो फलको रुपमा आफूलाई प्रमाणित गरेका छन् ।
खरबुजालाई हैसियतको संकेतको रूपमा मानिने जापानमा आयोजित एक लिलामीका दौरान एक जोडी खरबुजा २९ हजार ३ सय अमेरिकी डलर अर्थात् करीब ३१ लाख ६० हजार रुपैयाँमा बिक्री भएको थियो ।
युवारी नामले चर्चित ती खरबुजा उत्तरी होक्काइडोको साप्पोरो सेन्ट्रल होलसेल मार्केटमा रहेको एक स्थानीय फलफूल प्याकिंग कम्पनीले महंगोमा खरीद गरेको थियो ।
युवारी खरबुजालाई जापानका मानिसको सामाजिक प्रतिष्ठाको प्रतिकको रुपमा लिन्छन् । मानिसहरु प्रियजन तथा साथीहरुलाई उपहार दिनका लागि पनि युवारी खरबुजाको प्रयोग गर्दछन् ।
सामान्यतया पनि यो जातिको खरबुजाको मूल्य १०,००० येन पर्दछ ।
खरबुजाको आकार र त्यसको सुन्दरताले अझै धेरै महत्व राख्दछ । यसकारण पूर्णरुपमा गोलो खरबुजा निकै धेरै मूल्यमा बिक्री हुन्छ । साथै खरबुजाको वजनले पनि मूल्यको हकमा महत्त्व राख्दछ ।
तर यो खरबुजा जापानबाट बाहिर कमै निर्यात हुन्छ । यो खरबुजालाई सूर्यको प्रकाश नपारीकना हरित गृहमा फलाइन्छ ।