आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो– कोरोना भाइरसको विश्वब्यापी महामारीपश्चात संक्रमण रोक्ने उपायस्वरुप १ सय ११ देश तथा क्षेत्रहरुमा लगाइएको यात्रा प्रतिबन्ध विस्तारै हटाउने तयारी गरिएको छ । विशेषगरि कोरोना भाइरसको संक्रमण घटेका र नियन्त्रणमा आइसकेका देशमाथिको प्रतिबन्ध हटाउने तयारी गरिएको हो । विदेशमन्त्री तोशिमिचु मोतेगीले सुरुवातमा थाइल्याण्ड तथा भियतनाममाथिको प्रतिबन्ध हटाइने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन ।

यात्रा प्रतिबन्ध लागेका विभिन्न ४ देशरुबाट व्यापारीहरुलाई आउन दिने बारेपनि छलफल भइरहेको छ । त्यसरी आउनेहरुले कोरोना भाइरसको संक्रमण नभएको प्रमाण पेश गर्नुपर्ने हुन्छ भने कन्ट्याक्ट ट्रेसिङका लागि मोबाइलको जिपिएस डाटा प्रयोग गर्न जापान सरकारलाई अनुमति दिनुपर्ने हुन्छ ।

प्राथमिकतामा रहेका अस्ट्रेलिया र न्यूजिल्याण्डसंगको छलफलमा केही समय लाग्ने हुँदा पहिले भियतनाम र थाइल्याण्डमाथिको यात्रा प्रतिबन्ध फुकुवा हुने मोतेगीले बताएका हुन् ।

जापानले हाल १ सय ११ देश तथा स्थानहरुमा यात्रा प्रतिबन्ध लगाएको छ । अमेरिका सहितका यि देशहरुमा विगत १४ दिनभित्र गएकाले समेत जापान प्रवेश गर्न नपाउने नियम छ ।

तपाईको प्रतिक्रिया