आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – बिहिबार जापानमा संक्रमित ह्वात्तै बढेका छन् ।

हिजो जापानभर ७० जना नयाँ संक्रमित भेटिएका छन् भने २ जना संक्रमितको निधन भएको छ ।

बिहिबार सबैभन्दा बढी संक्रमित टोकियोमा  भेटिएका छन् ।

टोकियोमा बिहिबार मात्र ४१ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । भेटिएका ४१ जना संक्रमित मध्ये १० जना रात्रिकालीन मनोरञ्जनस्थलसँग सम्बन्धित मानिसहरु रहेका छन् ।

त्यसैगरी हिजो होक्काइदो ५, खानागावामा ६ जना, ओसाकामा ४ जना, फुकुओकामा ३ जना, चिवामा २ जना,  साइतामामा २ जना, मियागीमा १ जना, सिगामा १ जना, फुकुसिमामा १ जना, निगातामा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा ३ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय अनुसार एयरपोर्ट क्वारेन्टाइनमा भेटिएका ३  संक्रमित भारत  र पाकिस्तानबाट आएका हुन् ।

त्यस्तै बिहिबार होक्काइदो र फुकुओकामा १ /१ जना संक्रमितको निधन भएको छ ।

पछिल्लो तथ्यांकअनुसार जापानमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १८  हजार ४७२ र संक्रमणबाट ज्यान जानेको संख्या ९५० (डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहित) पुगेको छ ।

अहिलेसम्म जापानमा १६  हजार ५८५ जना उपचारपछि निको भएका छन् भने उपचाररत मध्ये ६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

 

तपाईको प्रतिक्रिया