आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको अध्यागन सेवा निकाय (आईएसए) ले विदेशी बासिन्दा र विदेशी नागरिकलाई भर्ना गर्ने कम्पनीहरुलाई टेवा दिन केन्द्रीकृत केन्द्र खोल्ने भएको छ ।

निकायले जुलाई ६ मा टोकियोको शिन्जुकु वडामा विदेशी बासिन्दा सहायता केन्द्र (एफआरएससी) खोल्दैछ । यसमा न्याय, स्वास्थ्य, श्रम तथा कल्याण, विदेश, अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयबाट आठ एकाई रहनेछन् ।

यसले अध्यागमन प्रक्रियामा मात्रै नभएर रोजगारी र कानूनी समस्याका साथै मानव अधिकार उल्लंघन लगायत विविध समस्याका विषयमा समेत सहायता दिनेछ । केन्द्रको स्थापना विदेशी नागरिक स्वीकार गर्ने र उनीहरुको सह–अस्तित्वका लागि सरको बहृत उपायहरुको हिस्सा हो ।

केन्द्रको प्रमुखका रुपमा आईएसएका अध्यागमन टेवा एकाईका प्रमुुख रहनेछन् । आठ निकायमा टोकियो क्षेत्रीय अध्यागमन सेवा विभाग, टोकियो कानूनी मामिला विभागको नागरिक स्वतन्त्रता विभाग, जापान कानूनी टेवा केन्द्र (होउतेरासु), विदेशीका लागि टोकियो रोजगार सेवा केन्द्र र जापान बाह्य व्यापार संगठन (जेट्रो) रहेका छन् । हरेक निकायले व्यक्ति र कम्पनीहरुलाई टेलिफोन मार्फत परामर्श दिनेछन् ।

परामर्श खोज्दै ठूलो संख्यामा मानिसहरु आउने गरेकोले टोकियो क्षेत्रीय अध्यागमन सेवा विभागले भने अपोइन्टमेन्टका आधारमा मात्रै परामर्श दिनेछ ।

केन्द्रको मुख्य सेवा नगर सरकारलाई टेवा उपलब्ध गराउनु हुनेछ । यी आठ निकायहरुले नियमित आधारमा एकअर्कासँग छलफल पनि गर्नेछन् । ***

तपाईको प्रतिक्रिया