शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेपाली नायिकाहरुको फेक अश्लील भिडियो बनाएर सार्वजनिक हुन थालेपछि यसलाई रोक्न र आवश्यक कारबाहीका लागि कानुनी उपचार खोजिएको छ । सोमबार केही नायिकाहरुको फेक अश्लील भिडियो सार्वजनिक भएपछि मंगलबार चलचित्र कलाकार संघले महानगरीय अपराध महाशाखामा उजुरी दिएका छन् ।

चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का सहितको टोलीले दर्ता गरेको उजुरीमा प्रविधिको दुरुपयोग गरेर चलचित्रसँग सम्बन्धित कलाकारको चरित्र हत्या गर्ने प्रयास भइरहेको र यसबारे आवश्यक अनुसन्धान गरी यस्ता गतिविधि रोक्न र पीडितलाई न्याय दिन माग गरिएको छ ।

केही नायिकाको पोर्न भिडियो बनाएर सार्वजनिक गरेको इण्डियन स्पाइडर स्क्वाडले थप केही कलाकारहरुको अश्लील भिडियो सार्वजनिक गर्ने चेतावनी दिएको थियो ।

यद्यपि सो भिडियो कसले र किन बनाएर सार्वजनिक गरेको हो भन्ने एकीन भइसकेको छैन । नायिकाहरुको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक भएसँगै नायिकासहित कलाकारहरुमा चिन्ता बढाएको छ ।

नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक भएको छ।

केही अघि बिबाह बन्धनमा बाँधिएका दुई नायिकाका एक पोर्न साइटमा फेक पोर्न भिडियो सार्वजनिक भएसँगै नेपाली कलाक्षेत्रमा आतंक मच्चिएको छ। पोर्न कलाकारको शरीरमा नेपाली नायिकाको टाउको जोडेको फेक भिडियो सार्वजनिक भएको हो। यी फेक भिडियो सार्वजनिक भएसँगै एक दर्जन अन्य नायिकाको यस किसिमको नक्कली पोर्न भिडियो सार्वजनिक गरिने तयारी भएको हल्ला फैलिएपछि कलाक्षेत्रमा आतंक मच्चिएको छ।

अहिले  ती अश्लील सामग्री अपलोड गरिएको वेबसाईट कम्तीमा नेपालमा हेर्न नमिल्ने गरी मंगलबार साँझबाट बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया