शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नायिका बर्षा राउतको एक विवादित अभिव्यक्ति निक्कै भाइरल बनिरहेको छ । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो परेको प्रतिक्रिया दिएकी छिन् ।

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियोमा उनले भनेकी छिन्, ‘ ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’

त्यसपछि वर्षा थप्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ ।

सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालासँग वर्षा राउतलाई जोडेर आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया