शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – कोरोना भाइरसको महामारीका कारण जापानमा ३० लाख भन्दा धेरैले रोजगारी गुमाउने देखिएको छ । बुधवार एक अनुसन्धान संस्थाले जारी गरेको रिपोर्टमा यस्तो देखिएको हो । जापानमा आगामी मार्चसम्मको एक वर्ष भित्रमा कोरोना भाइरसका कारण ३० लाख १० हजार जनाले रोजगारी गुमाउन सक्ने मध्य जापानको नागोयास्थित चुबु रिजन फर सोसल एण्ड इकोनोमि रिसर्चले बताएको हो ।

प्रक्षेपण अनुसार गत वर्षको तुलनामा जापानी रोजगारीमा साढे ४ प्रतिशतको कमी आउनेछ । यो सन् २००८÷०९ को विश्वव्यापी वित्तीय संकटको तुलनामा निकै खराब हो । अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी लेह्म्यान ब्रदर्श धराशयी भएपछि उत्पन्न आर्थिक संकटको बेलामा आर्थिक वर्ष २००९ मा जापानमा ९ लाख ५० हजार रोजगारी गुमेको थियो ।

पछिल्लो प्रक्षेपण आगामी मार्चमा सकिने आर्थिक बर्षमा जापानमा आउने विदेशी आगन्तुकको संख्यामा सुधार आउँदैन भन्ने अनुमानमा आधारित छ ।

आगामी महिना जापानमा रोजगारीको अवस्था थप खराब बन्ने अपेक्षा विश्लेषक र सरकारी अधिकारीहरुले गरेका छन् । फेबु्रअरीमा १ दशमलव ४५ प्रतिशत रहेको रोजगारी उपलब्धता समेत मार्चमा खस्किएर १ दशमलव ३९ मा आएको छ । यो साढे ३ वर्षकै न्यून भएको अप्रिलमा सार्वजनिक गरिएको सरकारी तथ्यांकले देखाएको थियो ।

तपाईको प्रतिक्रिया