बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण भारतमा सयौँ मानिसहरुको मृत्यु भइसकेको छ । यही महामारीबाट बच्नको लागि भारतमा मे ३१ सम्म पून लकडाउन जारी गरिएको छ । अर्को तर्फ कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ । यसैबीच बलिउडकी चर्चित अभिनेत्री जान्हवी कपुरको घरमा काम गर्ने एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

भारतीय मिडियाका अनुसार घरमा काम गर्ने सहयोगीमा कोरोना देखिएपछि कपुर परिवारका सदस्यलाई सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ ।

जान्हवी कपुरको घरमा काम गर्ने सहयोगीमा मंगलबार कोरोना देखिएको मिडियामा जनाइएको छ ।

तपाईको प्रतिक्रिया