शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – कोरोना भाइरसको प्रकोपका कारण जापानको निर्यात व्यापारमा असर परेको छ । हालसालै प्रकाशित एक तथ्यांक अनुसार अप्रिल महिनामा जापानको निर्यात मूल्यमा झण्डै २२ प्रतिशतले कमी आएको छ । जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत बर्षको तुलनामा यस बर्षको अप्रिल महिनामा जापानको निर्यात मूल्य २१ दशमलब ९ प्रतिशतले घटेको हो ।

गत बर्षको अप्रिल महिनाको तुलनामा यो बर्ष ७ दशमलब २ प्रतिशतले आयातमा समेत कमी आएको छ ।

गतबर्षको तुलनामा अप्रिल महिनामा जापान आउने पर्यटकहरुको संख्यामा समेत भारी मात्रामा गिरावट आएको छ । अप्रिल महिनामा ९९ दशमलब ९ प्रतिशत पर्यटकहरु घटेको तथ्यांक समेत सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया