शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई लिएर गरेको ट्वीटको कारण विवादमा तानिएकी छिन्।

बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् । उनको ट्वीटलाई लिएर भारतीय सञ्चार माध्यम र ट्वीटर प्रयोगकर्ताले विभिन्न प्रश्न गर्दै तुच्छ गालीसमेत गरेका छन्।

भारतीय टिभी च्यानल एबीपी न्यूजले उनको ट्वीटलाई लिएर समाचार बनाउँदै – “भारतको खाने, चीनको गाउने” समेत भनेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषालाई भारतले नै चिनाएको भन्दै उनीहरूले उनको ट्विटप्रति आपत्ति जनाउँदै चीनबाट परिचालित भएको आरोप लगाएका हुन्। मनिषाको ट्विटमाथि भारतीय नागरिक जाइलागेका छन् भने संसारभरका नेपालीले उनको समर्थन गरेका छन्।

तपाईको प्रतिक्रिया