शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापान सरकारले जापानमा अध्ययनरत बिद्यार्थीहरुलाई २ लाख येनसम्म दिने निर्णय गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण पार्ट टाइममार्फत हुने आम्दानी घटेका बिधार्थीहरुलाई सहयोग गर्ने मंगलबार निर्णय गरिएको एनएचके अनलाइनले जनाएको छ । यस बर्षको आकस्मिक बजेटबाट छुट्टाइएको रकम यो योजनामा प्रयोग गर्ने सरकारको तयारी छ ।

सरकारले पार्ट टाइम कामबाट आम्दानी घटेका बिधार्थीहरुलाई १ लाख येन र आवसीय कर छुट लिइरहेको परिवारका बिद्यार्थीलाई २ लाख येन सम्म सहयोग रकम दिनेछ । सो रकम विश्वविद्यालय, छोटो समयको विश्वविद्यालय, व्यावसायिक कलेज, जापानी भाषा बिधालयका बिधार्थी र बिदेशी बिधार्थीहरुले पाउनेछन् । जापानभर रहेका ४ लाख ३० हजार बिद्यार्थीहरुलाई सो रकम उपलब्ध गराइने बताइएको छ ।

यो सहयोग लिनका लागि हरेक बिधार्थीले आफू अध्ययन गरिरहेको बिधालयमार्फत आवेदन दिई जापान बिधार्थी सेवा संगठन (जास्सो) बाट नगत प्राप्त गर्न सक्ने बताइएको छ ।***

तपाईको प्रतिक्रिया