बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – जापानमा सोमबार ३१ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार हिजो दिनभरि टोकियोमा १० जना, ओसाकामा १ जना, खानागावामा ८ जना, होक्काइदोमा १ जना, साइतामामा ३ जना, चिबामा २ जना र अन्य प्रिफेक्चरहरुमा गरि ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मंगलबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १६ हजार ३ सय ६७ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १७ हजार ७९ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ७ सय ६९ जना सफल उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।

जापानमा हालसम्म कोरोना भाइरसको कारणले ७ सय ६८ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहितको संख्या ७ सय ८१ जना पुगेको छ ।***

तपाईको प्रतिक्रिया