शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानका अस्पतालहरुमा अस्पतालमा डाक्टरहरु अप्ठ्यारो अवस्थामा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका छन् । अभावका कारण धेरैले एउटै मास्क पटक पटक प्रयोग गरिरहेका छन् भने थोरैले मात्रै जोखिम भत्ता पाइरहेको कर्मचारी संगठन जेन्कोकु इशिले गरेको एक सर्वेक्षणले देखाएको छ । श्रोतलाई उधृत गर्दै माइनिची सिन्बुनले खबर प्रकाशन गरेको छ ।

करीब १ सय ७० डाक्टरहरुलाई समावेश गरिएको अनलाइन सर्वेक्षण अप्रिलको अन्त्यदेखि मे ६ सम्म गरिएको थियो ।

सर्वेक्षणमा तीन चौथाईले आफूलाई कोरोना भाइरस संक्रमितको उपचार गर्न आादेश दिएको बताएका छन् । ८० प्रतिशतले भने आफूले गरेको कामको लागि जोखिम भत्ता नपाएको दुःखेसो पोखेका छन् ।

विश्वभर अहिले संक्रमितको उपचारमा खटिएका डाक्टरहरुको लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र मेडिकल उपकरण अभाव छ । यस्तो अवस्थाबाट जापान पनि अछुतो नरहेको सर्वेक्षणले उजागर गरेको छ ।

केन्द्र र स्थानीय सरकारहरुले अस्पताल र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई पर्याप्त वित्तीय टेवा र सुरक्षात्मक उपकरण उपलब्ध गराउन नसकेको भन्दै डाक्टर र अन्य विज्ञहरुले बताएका छन् । महामारीलाई उपयुक्त तरिकाले व्यवस्थापन गर्न सरकार असफल रहेको सर्वेक्षणमा सहभागी करीब ७० प्रतिशत डाक्टरहरुले बताएका छन् ।

सर्वेक्षणअनुसार ३१ प्रतिशत डाक्टरहरुले एन ९५ मास्क पुनः प्रयोग गरिरहेका छन् । स्वास्थ्य हेरचाहमा खटिएका कामदारहरुलाई सुरक्षित राख्ने यो प्रवृत्ति तत्कालै हटाउन जरुरी छ । कानमा अड्काउने डोरी नचुडिएसम्म एउटै मास्क प्रयोग गरेको एक डाक्टरले बताएका छन् । ***

तपाईको प्रतिक्रिया