शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – बिहीबार राति रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।

प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको ८४ वर्षको उमेरमा गएराति काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

१९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । उनले वि. सं. २००६ सालमा पहिलो पटकमै ६ वटा रेकर्डिङ गरेकी थिइन ।

गायिका रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा काम गरेकी थिइन् । उनका एक छोरा र दुई छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया