शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । विगत दुई वर्षदेखि न्यूरोइनडक्ट्राइन ट्युमरविरुद्ध लडिरहेका उनको उपचारको क्रममा निधन भएको हिन्दुस्तान टाइम्सले खबर लेखेको छ ।

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार भर्ना भएका थिए । मंगलबार बिहान घरको बाथरुपममा लडेपछि उनलाई आइसियूमा भर्ना गरेको हो । चिकित्सकका अनुसार उनको कोलन इन्फेक्सन बढेको थियो ।

इरफान खान विगत दुई वर्षदेखि विरामी रहेका थिए। उनी एक वर्ष लन्डनमा बसेर क्यान्सरको उपचारसमेत गरेका थिए।

इउनले करिब ३० वर्षमा ५० भन्दा बढी हिन्दी, ब्रिटिश र हलिउड चलचित्रमा अभिनय गरेका थिए ।

इरफानको हालसालै ‘अंग्रेजी मिडियम’ फिल्म रिलिज भएको थियो ।

तपाईको प्रतिक्रिया