शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानभरमा कोरोना भाइरसको सबैभन्दा बढि संक्रमण फैलिएको टोकियोमा स्टे होम अवधि सुरु भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन टोकियो महानगर सरकारले यहाँका बासिन्दाहरुलाई आज शनिबारदेखि आगामी मे ६ तारिकसम्म घरमित्रै बस्न अनुरोध गरेको छ ।

आजदेखि मे ६ सम्मको गोल्डेन वीकको विदा अवधिलाई ‘स्टे होम वीक’का रुपमा मनाउन अनुरोध गरिएको छ ।

शुक्रबार टोकियो गभर्नर युरिको कोइकेले यो अवधि निकै जोखिम रहने र मानव–मानववीचको दूरी ८० प्रतिशतसम्म घटाउने सरकारी पहलका लागि निकै महत्वपूर्ण रहने प्रतिक्रिया दिइन । मानिसहरुले यो समयमा देखाउने व्यवहारले आगामी २ हप्तापछि देखिने कोरोना भाइरसका संक्रमितहरुको अवस्थाको चित्रण गर्ने उनको धारणा ब्यक्त गरेकी थिइन । उनले तीनदिनमा एकपटक मात्र किनमेलका लागि निस्कन टोकियोबासीलाई आग्रह गरिसकेकी छन् । ***

तपाईको प्रतिक्रिया