शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – आगामी मे ६ तारिकसम्मका लागि तय गरिएको देशब्यापी आपतकालको अवधि बढाउने तयारी भएको बुझिएको छ । प्रधानमन्त्री शिन्जो आबे तथा उनको टीम गोल्डेन वीकपछि पनि संकटकालको अवधि बढाउने तयारीमा रहेको खबर श्रोतलाई उधृत गर्दै माइनिची सिन्बुनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

अप्रिल ७ तारिकमा सिन्जो सरकारले टोकियो, खानागावा, साइतामा, चिबा, ओसाका, ह्योगो तथा फुकुओका प्रिफेक्चरमा लागू हुनेगरि आपतकालको घोषणा गरिएको थियो । अप्रिल १६ मा पुनः जापानभरका सबै प्रिफेक्चरहरुमा आपतकाल लागू गरिएको थियो ।

सरकारी श्रोतले विज्ञहरुको राय अनुसार आपतकाल हटाउनका लागि मे ६ सम्मको समय छोटो हुने बतायो ।

शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा भएको कोरोना भाइरस सम्बद्ध अधिकारीहरुको बैठकमा बोल्दै प्रधानमन्त्री आबेले समय संकटकालको अवधि बढाउने वा रोक्ने भन्ने विषयमा निर्णय लिनका लागि निकै महत्वपूर्ण रहेको र मानिसवीचको अन्तक्रिया घटाउन सरकारी प्रयासलाई थप तिब्रता दिनुपर्ने बताएका थिए ।

शुक्रबार नै आयोजित पत्रकार सम्मेलनमा मुख्य क्याविनेट सचिव योसिहिदे सुगाले घटनाक्रम मिनेटभरमा फेरवदल भइरहेकाले हामी विज्ञहरुको राय लिएर मे ६ भन्दा उता संकटकाल लम्ब्याउने वा नलम्ब्याउने भन्ने निर्णय लिने बताएका थिए ।***

तपाईको प्रतिक्रिया