शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो– आर्थिक पुनःनिर्माण मन्त्री निशिमुरा यासुतोशीले बिहिवार संचालन बन्द गर्ने व्यवसायीहरुका लागि प्रिफेक्चर सरकारले के कस्ता कदम चाल्न सक्छन् भन्ने निर्देशिका जारी गरेका छन् ।

स्थानीय सरकारले व्यवसाय बन्द गर्न आग्रह गरिरहेको भएपनि केही पाचिन्को पार्लरहरुले अनुरोध मानेका छैनन् । शुरुको अनुरोध कानूनी कारणबाहेक नमान्नेहरुका लागि कठोर खालको अनुरोध वा निर्देशन ल्याउन अधिकार गभर्नरहरुलाई दिइएको निर्देशिकामा भनिएको छ ।

त्यस्ता चेतावनी पाउने व्यवसायको नाम र ठेगाना अनलाइन वा अन्य माध्यमहरुमा सार्वजनिक गरिनेछ । त्यस्ता कम्पनी वा पसलहरुमा मानिसहरुलाई जानबाट निरुत्साहित गर्न यस्तो गर्न लागिएको हो ।

मानव–मानव बीचको सम्पर्क ८० प्रतिशत घटाउन भनिएको भएपनि केही ठाउँमा मानिसहरुको भिड धेरै रहेको निशिमुराको भनाइ छ ।

यस्तो समस्या समाधान गर्न क्षेत्रअनुसार केन्द्र सरकारले गभर्नरहरुलाई मद्दत गर्ने उनको भनाइ छ । नजिकिदैं गरेको सार्वजनिक बिदाका दिनहरुमा घरभित्रै बस्न समेत उनले आम जनतालाई आग्रह गरेका छन् ।***

तपाईको प्रतिक्रिया