शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

आइची – जापानको आइची प्रिफेक्चरले कोरोना भाइरसका बिरामी भर्ना लिने स्थानीय स्वास्थ्य संस्थानहरुलाई हरेक बिरामीबापत ४० लाख येनसम्म दिने तयारी गरेको छ । आइची गभर्नर हिदेइकी ओमुराले यस्तो घोषणा गरेका हुन् ।

ओमुराका अनुसार भर्ना गरिएका हरहेक बिरामी बापत अस्पतालहरुले १० लाख येन देखि ४० लाख येनसम्म पाउनेछन् । यो रकम बिरामीको उपचारमा संलग्न डाक्टर र अन्य कर्मचारीहरु परिवारका सदस्यलाई संक्रमण नसरोस् भनेर होटलमा बस्दा लाग्ने खर्च बेहोरिनुको साथै संक्रमित बिरामीको उपचारमा चाहिने कर्मचारीको संख्या बढाउन र कर्मचारीको उपचार व्यवस्था सुधारमा प्रयोग हुने बताइएको छ ।

थोरै वा मध्यमखालका लक्षण भएका बिरामीका लागि १० लाख येन र गम्भीर लक्षण भएको र सास फेर्न सहज बनाउने खालको उपकरण चाहिने बिरामीलाई २० लाख येन र चरम गम्भीर अवस्थामा पुगेको बिरामीको लागि भने ४० लाख येन दिइनेछ ।

कोरोना भाइरसका बिरामीका आधारमा स्वास्थ्य संस्थालाई दिन लागिएको यो जापानको पहिला अनुदान कार्यक्रम हो । ***

तपाईको प्रतिक्रिया