शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ओसाका – ओसाकामा एक प्रहरी अधिकारी पक्राउ परेका छन् । बाटोमा भेटिएको रकम बुझेका उनले सो रकम आफैले राखेको अभियोगमा पक्राउ परेका हुन ।

ओसाका प्रहरीका अनुसार जोतो वार्डस्थित सामुदायिक मामिला प्रभागमा कार्यरत २१ बर्षिय ताकुमी नोजावालाई अप्रिल १६ तारिक जुनियर हाइस्कुल पढ्ने दुई बच्चाहरुले बाटोमा भेटेको १० हजार येन दिएका थिए । सो समयमा ड्युटीमै रहेका उनले कुनैपनि कागजी प्रकृया नै नगरिकन सो पैसा आफैले राखेको बताइएको छ ।

भेटिएको पैसा प्रहरीलाई बुझाएका दाजुभाईले आफ्नी आमालाई सो बारेमा बताएको र आमाले प्रहरी चौकीमा फोन गरेर बच्चाहरुसंग सोधपुछ नगरिएको र कुनैपनि कागजी प्रकृया पूरा नगरिएको बारे जानकारी गराएको सान्केइ सिन्बुनले आफ्नो समाचारमा लेखेको छ ।

पक्राउ परेका नोजावाले जीबनयापनका लागि आफुलाई पैसा आवश्यक परेकाले सो पैसा साथमै राखेको वयान दिएका छन् । ***

तपाईको प्रतिक्रिया