शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – आज शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४०१ पुगेको छ ।

त्यस्तै २४ घण्टाको अवधिमा ८३ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २७ लाख १५ हजार ६१४ पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ४५ हजार ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आज बिहानसम्मको  तथ्यांकअनुसार जापानमा  कोरोना भाइरसको  संक्रमितहरुको संख्या (डाइमण्ड प्रिन्सेस क्रुजका ७१२ जना संक्रमित यात्रुहरुसहित) १३ हजार १९२ जना पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार  भाइरसले (डाइमण्ड प्रिन्सेस क्रुजको  १३  यात्रुसहित) ३४१  जनाको ज्यान लिएको छ  ।

जापानमा  शुरुदेखि नै टोकियोमा बढी संक्रमित देखिएका छन् ।  टोकियोमा मात्र  संक्रमितहरुको संख्या ३ हजार ५७२ जना पुगेको जनाइएको छ ।

टोकियोपछि सबैभन्दा बढी  ओसाकामा १४१५ जना संक्रमित छन् ।

यसैगरी यस प्रकोपबाट  खानागावा (८७५), चिवा (७७०), साइतमा (७५९), ह्योगो (५८०) र फुकुओका (५७९)  पनि बढी प्रभावित रहेका  छन्  ।

मन्त्रालयका अनुसार जापानमा ३ हजार ५३ जना निको भएर घर फर्किएका छन् भने संक्रमित व्यक्तिहरु मध्ये २६३ जनाको अवस्था चिन्ताजनक छ ।

यसैबीच जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ जना पुगेको छ । टोकियोमा २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ईबाराकी केनमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा बिहीबार ३ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको  छ ।

उपचारत सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया