शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानी अभिनेत्री तथा टेलिभिजन प्रस्तोता कुमिको ओकाएको कोरोना भाइरसका कारण निधन भएको छ । ६३ बर्षिय उनको कोरोना भाइरसका कारण उत्पन्न न्यूमोनियाका कारण विहिबार टोकियोमा निधन भएको हो ।

अप्रिल ३ तारिकमा उच्च ज्वरो आएपछि हस्पिटल भर्ना भएकी उनमा ३ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

जापानी टिभी नाटक तथा विभिन्न शोहरुमा देखिइरहने उनको गत बर्ष नै स्तन क्यान्सको शल्यक्रिया गरिएको थियो । ***

तपाईको प्रतिक्रिया