शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

नागासाकी । मर्मतका लागि नागासाकी बन्दरगाहमा राखिएको एक क्रुज पानीजहाजमा रहेका थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार नागासाकी प्रिफेक्चर गभर्मेन्टले दिएको जानकारी अनुसार हालसम्म सो जहाजमा रहेका ४८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

नागासाकी शहरमा रोकिराखिएको सो कोस्टा एटलान्टिका नामक क्रुज पानीजहाजमा कुल ६ सय २३ यात्रुहरु छन् र उनीहरुलाई आफ्नै क्याविनमा बस्न भनिएको छ । उनीहरुमध्ये एक जनामा लक्षण गम्भिर देखिएकाले उपचारका लागि लगिएको बताइएको छ ।

मार्च १४ मा पहिलो पटक सो जहाजका यात्रुमा कोरोना भाइरसको संक्रमण देखिपश्चात कोही पनि जहाज छाडेर बाहिर नगएको बताएको मिचुविसी जहाज निर्माता कम्पनीले यही बुधबार भने चालकदलका केही सदस्यहरु बाहिर गएको स्वीकारेको थियो ।

नागासाकीस्थित स्थानिय इमिग्रेशन ब्यूरोका अनुसार अप्रिल १५ भित्र एक महिनाको अवधिमा ९० जना चालक दलका सदस्य आवतजावत गरेको र ४० जना नयाँ यात्रुहरु थपिएका छन् ।

गत महिना योकोहामामा क्वारेन्टायन गरेर राखिएको डाइमण्ड प्रिन्सेस नामक क्रुज पानीजहाजका ७ सय भन्दा बढि यात्रुमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । ***

तपाईको प्रतिक्रिया