Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
चीनकाे एक अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिलाई विदाइ गर्दै स्वास्थ्यकर्मी । तस्वीर : एजेन्सी

काठमाडौं – कोरोना भाइरसको संक्रमण नरोकिए पनि बिरामी निको हुने क्रम पनि बढ्दै गएको छ । अहिलेसम्म करिब २५ प्रतिशत बिरामी निको भएर घर फर्केका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार, शनिबार मध्याह्नसम्म संसारभर दुई सय १० देश तथा स्वशासित क्षेत्रमा कोरोना देखिएको छ । जहाँ २२ लाख ५८ हजार तीन सय ७८ जना बिरामी भएका छन् । जसमध्ये पाँच लाख ७५ हजार दुई सय ८५ जना निको भएर घर फर्केका छन् ।

अहिलेसम्म कोरोनाबाट एक लाख ५४ हजार तीन सय ७१ जनाको ज्यान गएको छ । अझै ५७ हजार एक सय ३३ जना गम्भीर रहेका छन् । अहिलेसम्म सबैभन्दा उपचार व्यवस्था जर्मनीमा देखिएको छ । जर्मनीमा सबैभन्दा बढी बिरामी निको भएका छन् । त्यहाँ बिरामी भएका एक लाख ४१ हजार तीन सय ९७ जनामध्ये ८३ हजार एक सय १४ जना निको भएर अस्पतालबाट घर फर्केका छन् ।

त्यस्तै, ५३ हजार नौ सय ७१ जनाको उपचार भइरहेको छ । अहिलेसम्म जर्मनीमा चार हजार तीन सय ५२ जनाको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा सात लाख १० हजार दुई सय ७२ जनाको बिरामी भएका छन् । त्यसमध्ये ३७ हजार एक सय ७५ जनाको मृत्यु भएको छ भने १३ हजार पाँच सय नौ जना गम्भीर रहेका छन् । त्यस्तै, ६३ हजार पाँच सय १० जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया