Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन सबै देशलाई आह्वान गरेको छ ।

७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन अपिल गरेका हुन् । कोरोना भाइरसको महामारी चीनको उहानस्थित सिफुड बजारबाट भएको थियो । त्यही भएर पनि जीवजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई छ ।

‘पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भएपनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेको छ,’ उनले भने- ‘जनावर बिक्री हुने बजारलाई तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबैले कडाइका साथ पालना हुन्छ ।’

तपाईको प्रतिक्रिया