Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ । निमोनियाको प्रमुख कारण संक्रमण नै हो ।

संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ । बालबालिका र बूढाबूढीमा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने हुँदा बालबालिका र बूढाबूढीलाई निमोनियाको असर अझ गम्भीर रुपमा देखिन सक्छ ।

बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ । खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।

निमोनिया हुँदा देखिने लक्षण

–ज्वरो आउने

–श्वासप्रश्वास दर बढ्ने

–खोकी लाग्ने

–छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने

–श्वास फेर्न कठिन हुने

–स–साना बालबालिकाहरुले आमाको दुध नचुस्ने

– खानेकुरा खाने

निमोनियाका कारण गम्भीर संक्रमण भएमा बालबालिकाहरु बेहोस हुने, कम्पन आउने, शरीरको तामक्रम कम हुने समस्या पनि देखिन्छ ।

निमोनियाबाट हुने असर

–फोक्सोको झिल्लीभित्र पानी वा पिप भरिन सक्छ

–शरीरभर संक्रमण फैलिन सक्छ

–फोक्सोमा पिप भरिन सक्छ

निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ । आफूखुशी औषधी किनेर खानु हुँदैन ।

गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ ।

निमोनियाबाट कसरी जोगाउने बालबालिका

– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाईयो भने निमोनियाबाट जोगाउन सकिन्छ ।

–पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ । बालबालिकालाई  आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ ।

–धुवाँ, धूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ ।

–बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ ।

–बालबालिकाकाे सरसफाइमा ध्यान दिनुपर्छ ।

–सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।

तपाईको प्रतिक्रिया