Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आउँदैमा भयभीत हुनुनपर्ने बताएको छ । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कुनै व्यक्तिमा आरडीटी पोजिटिभ आउँदैमा भयभीत हुनुपर्ने अवस्था नभएको बताएका हुन् ।

बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा उनले दिएको जानकारी अनुसार २१ दिन वा सो भन्दा पछिको परीक्षणमा आरडीटी पोजिटिभ आएमा त्यसले रोग सार्न सक्ने शक्ति नहुने ताकि रोगबाट बच्‍ने क्षमता बढेको हुन्छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न ठाउँमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएकाहरुको पुनः पीसीआर परीक्षण गरिरहेको बताए ।

उनका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ । हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरि अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयलले जनाएको छ ।

तपाईको प्रतिक्रिया