Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – पोखरामा पनि दुबईबाट फर्किएकी एक महिलाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । ५५ वर्षीया ती महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको हो ।

दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा-१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ। पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो ।

दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भए/नभएको पुष्टि हुनेछ ।

तपाईको प्रतिक्रिया